बाँकेमा सडक दुर्घटना हुँदा सातजनाको मृत्यु

काठमाडौं । बाँकेमा शुक्रबार राति भएको सडक दुर्घटनामा सातजनाको मृत्यु हुनाका साथै २५ जना घाइते भएका छन् ।

दाङबाट शुकुबार राति आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।
दुर्घटनामा बसका चालकको पनि मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले जानकारी दिए। मृतकको सनाखत भइसकेको छैन। उनका अनुसार दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ। केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर