प्रधानमन्त्री अमेरिकाबाट सीधै चीन भ्रमणमा जाँदा कुनै फरक नपर्ने : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरिसकेपछि चीन भ्रमणमा जाँदा नेपाल–चीन सम्बन्धको प्रभावकारितामा कुनै असर नपर्ने बताएकी छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा अयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले अमेरिकाबाट सीधै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको कार्यक्रम तय भएको भन्दै त्यसका कारण चीन भ्रमणमा कुनै असर नपर्ने ठाडो जवाफ दिएकी हुन् ।
ज्ञातव्य छ, एमाले सांसद रघुजी पन्त जो चीनको विश्व भू–राजनीतिक एजेन्डाबाट प्रभावित छन् । उनले बिहीबार बसेको प्रतिनिधिभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सीधै चीन भ्रमणमा जाँदा नेपाल चीनबीच रहिआएको सम्बन्ध मधुर नहुने आशयका टिप्पणी गरेका थिए ।
त्यसैको जवाफमा मन्त्री शर्माले भ्रमणको उद्देश्य पूरा गर्ने मुख्य विषय भएको र अन्य विषय प्राविधिकमात्रै भएको जिकिर गरिन् । प्रवक्ता शर्माले चीन भ्रमणको एजेन्डा तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् । भ्रमणका क्रममा द्विपक्षीय विषयका साथै कतिपय विषय ध्यानाकर्षणका रूपमा लैजाने तयारी भएको उनले बताइन् । त्यस्तै उनले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमण उचित नभएको भन्दै घटनाको अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गरिने जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर