थापाको हिम्मतमा कमी छैन तर अहिले बने मुख्यमन्त्री हिक्मत कार्की

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की शुक्रबार नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।

एमालेबाट तिलकुमार मेयाङम्बो ऊर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सिर्जना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । यसैबीच अदालतद्वारा पदमुक्त मुख्यमन्त्री उद्धव थापाले एक महिना कुरेर पुनः आफ्नो नेतृत्वमा कोशीमा सरकार गठन गर्ने पत्रकारहरूलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर