चिनियाँ राजदूतको भनाइप्रति आपत्ति प्रकट

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले चिनियाँ राजदूत चेन सङले केही दिनअघि एउटा कार्यक्रममा नेपालले भारतलाई वबजुली बेच्ने निर्णय गरेर नेपाललाई झन् घाटा पारेको अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गरेका छन् ।

सांसद शुक्लले प्रतिनिधिसभाको बैठककमा चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लिएर पनि परराष्ट्र मन्त्रालय मौन बस्नु उचित नभएको टिप्पणी गरे । उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कूटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सम्झौताको कार्यान्वयन भए मुलुकलाई ४ सय ७० अर्ब रुपैयाँ बार्षिक लाभ हुने बताए ।

सभामुखसँग विशेष समय लिएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने लक्ष्यसहित भारतसँग विद्युत व्यापार सम्झौता भएको उल्लेख गर्दै उनले २०३० सम्म १५ हजार मेगावाट उत्पादन हुने र लगभग साढे सातहजार मेगावाट बिजुली बिक्रीयोग्य हुने तर्क गरे । भारतसँगको सम्झौतापछि खरिद कस्ले गर्ने हो भन्ने स्पष्ट भएको भन्दै उनले खरिदको ग्यारेण्टीका कारण लगानीको बाटो खुलेको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर