नयाँ दिल्लीमा अभूतपूर्व सुरक्षा व्यवस्था

काठमाडौं । शनिबारदेखि सुरु हुने जी ट्वेन्टी सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्लीमा अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ ।

विश्वका विकसित तथा विकाशील २० वटा राष्ट्रका कार्यकारी प्रमुखहरु सहभागी हुने सम्मेलन सुरु हुनु अघिल्लो दिन दिल्लीमा करीब ५० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सम्मेलन आयोजना स्थल र त्यस आसपासको ३५ किलोमिटर क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरिएको छ । सडकमा सैनिक, अर्धसैनिक तथा प्रहरी तैनाथ गरिनुका साथै आकाशमा चौविसै घण्टा ड्रोन निगरानीको ब्यवस्था गरिएको छ । सय किलोमिटर परसम्मको निगरानी वायु सेनाले लिएको छ ।

मूख्य मूख्य क्षेत्रमा एन्टी ड्रोन प्रणाली जडान गरिएको छ । भीभीआईहरु बस्ने होटलहरु भित्रै हतियार गोदाम राखिएको छ भने होटलभित्र र बाहिर विशेष कमाण्डो दस्ता तैनाथ गरिएको छ । सम्मेलनका कारण शनिबार र आइतबार नयाँदिल्लीमा सरकारी तथा निजी कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा बिदा दिइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर