युरो कप छनोट : फ्रान्सकाे पाँचौ खेलमा आफ्नो अपराजित यात्रा कायमै

काठमाडौं । युरोकप २०२४ छनोटअन्तर्गत फ्रान्सले पाँचौ खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

पाँचौ खेलमा अपराजित यात्रा कायम राख्नेक्रममा बिहीबार राती सम्पन्न खेलमा फ्रान्सले आयरल्यान्डलाई पराजित गरेको छ ।

फ्रान्सले आयरल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान पार्क डेस प्रिन्समा भएको खेलमा फ्रान्सका औरेलियन चुवामेनी र मार्कोस थुरामले समान १-१ गोल गरे ।

फ्रान्स ५ खेलमा शतप्रतिशत जितका साथ समूह ‘बी’को शीर्षस्थानमा रहेको छ ।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।

जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर