दक्षिण अफ्रिकासँग अस्ट्रेलिया तीन विकेटले विजयी

काठमाडौं ।  दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ । जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

घरेलु टोली दक्षिण अफ्रिकाले जितका लागि दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले ४० ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका मार्नुस लाबुसेन सर्वाधिक ८० रनमा र एस्टन अगर ४८ रनमा अविजित रहे । ट्रविस हेडले ३३ रन जोडे ।

दक्षिण अफ्रिकाका कागिशो रवाडा र गेराल्ड कोट्जीले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले सर्वाधिक १ सय १४ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बभुमाको एकदिवसीय खेलमा यो पाँचौं शतक हो । उनीबाहेक दक्षिण अफ्रिकाका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अस्ट्रेलियाका जोश हेजलवुडले ३ विकेट लिए । मार्कस स्टोइनिसले २ विकेट लिए । दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर