चिनियाँ राजदूतलाई फिर्ता पठाउन जनमत पार्टीको माग

काठमाडौँ । जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई तत्काल फिर्ता पठाउन माग गरेको छ। पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताए ।

उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन समेत माग गरेका छन् । ‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ। यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रूपमा गर्दछु’, उपाध्यक्ष खानले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर