ब्राजिलमा हावाहुरीबाट २७ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा सामुद्रिक आँधीपछिको वर्षा र हावाहुरीका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । आँधीकार काण धेरै मानिस बेपत्ता भएका छन् । हजारौँ मानिस विस्थापित भएका र सयौँलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको उद्धार अधिकारीहरूलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले देशमा थप बाढी आउन सक्ने भन्दै सुरक्षित रहन आग्रह गर्नुभएको छ । उहाँले उद्धार र राहतका लागि तयारी अवस्थमा बस्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको पनि अल जजिराले जनाएको छ । रियो ग्रान्डे डो सूलका गभर्नरले राज्यले भोगेको याे अहिलेसम्मकै मौसमसम्बन्धी ठूलो प्रकोप भएको बताउनुभएको छ । राज्यमा पछिल्लो २४ घण्टामा तीन सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर