तिकंर हिँडेका जनप्रतिनिधिलाई भारतीय सुरक्षा बलको निषेध

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकाको वडा–१ तिंकरमा सशस्त्र प्रहरीको बिओपी स्थापना लागि गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बाटोमै रोकेको छ ।

भारतीय बाटो हुँदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र विद्यार्थी नेता दीपकसिंह खातीलाई भारतीय सीमा सुरक्षा बलले बाटोमै रोकेको हो ।

भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने ठाउँमा तीनै जनालाई जाँच गरी माथि जान नदिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले “तपाईँहरुलाई अगाडि जान अनुमति छैन” भन्दै बाटोमै रोकेको टोलीमा गएका एकजना स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको तिङ्करमा आज सशस्त्र प्रहरीको बीओपी स्थापना गरिँदैछ ।

कार्यक्रममा सँगै रहेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बरबहादुर विष्टसहितको टोलीलाई भने भारतीय मोटरमार्ग हुँदै एसएसबीले तिङ्कर जान दिएको उहाँले बताउनु भयो । दार्चुलाको व्यास क्षेत्रमा नेपालको भूगोल भएर आवतजावत गर्ने बाटो नभएकाले भारतीय बाटोकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर