विश्वभर चर्चा बटुल्दै स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ का पदाधिकारी र समर्थकले स्वागत गरेका थिए ।

एसिया कपको समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । नेपालले समूहमा पहिलो पटक विश्व वरीयताको शीर्ष टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग डकवर्थ लुइसको नियमका आधारमा १० विकेटले पराजित भएको थियो । यद्यपि, पाकिस्तानसँगको तुलनामा नेपालले भारतसँग उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्याटिङमा महाशक्ति भारतसँग निडर प्रदर्शन गरेपछि नेपाली टोलीको चर्चा विश्वभर चुलिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर