राष्ट्रपति पौडेलद्वारा श्रीकृष्णको पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्री कृष्णजन्माष्टमीको अवसरमा ललितपुरस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गर्नुभएको छ । कृष्ण जन्माष्टमीमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भीड लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर