नेपाली कांग्रेसका नेता यादवमाथि आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि धारिलो अतियारले आक्रमण गरेको छ ।

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बुधबार दिउँसो आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने सापकोटालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर