भारी वर्षाका बीच आएको आँधीबाट हालसम्म २१ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा केही दिनदेखि जारी भारी वर्षाका बीच आएको आँधीबाट हालसम्म २१ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलका बिभिन्न शहरमा आँधीमा परि दर्जनौं घाइते भएका छन् । एक सातादेखि जारी वर्षा पछि आएको आँधीले सयौं घरहरुमा क्षति पुर्याएको छ । ब्रालिजको दक्षिणी क्षेत्रमा रहेको आलम प्रान्तका अधिकांश मानिस घरको छतमा थुनिएका छन् ।

उनीहरुको उद्धार कार्य जारी छ । आँधी प्रभावितलाई सुरक्षित स्थानमा सारिए पनि पीडितलाई उचित राहतको व्यवस्था गर्न ब्राजिल सरकारलाई कठिनाइ भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले संघीय सरकारलाई सहयोग गर्न अपील जारी गरेका छन्र्नुर । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर