आज घट्यो सुनचाँदीको मूल्य

काठमाडाैं । आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ३ सय र १५ रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ३ सयले घटेर एक लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर