एसिया कप : सुपर फोरको पहिलो खेल आज

काठमाडौं । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो चरण (सुपर फोर)का खेलहरु आज बुधबारबाट सुरु हुदैछ ।

सुपर फोरको पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्दै छन्।

दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुनेछ ।

पाकिस्तान नेपाल रहेको समूह ए बाट सुपर फोरमा पुगेको हो ।

बंगलादेश समूह बी को उपविजेताको रुपमा सुपर फोरमा पुगेको हो ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । भारतसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

उता, बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पराजित भएकोमा दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर