आज मंगलबार पनि घट्यो शेयरबजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि घटेर बन्द भएको छ । आज नेप्से ६.४५ अंकले घटेर एक हजार ९ सय ६१ दशमलब ३७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । ७९ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६१ रुपैयाँ पुगेको छ भने नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९।८५ प्रतिशतले बढेर प्रतिकित्ता ६४७ रुपैयाँ पुगेको छ ।

आज आरबीबी म्युचुअल फण्ड–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको भएको छ । यस कम्पनीको आज ७ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर