पुटिनलाई भेटन किम जोङ रुस जाने

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटन रुस जाने भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार उन सेप्टेम्बर महिनाभित्र रुस जाने तयारीमा छन्। उनी राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको किनारमा रहेको रुसी सहर भ्लादिभोस्तोक जाने तयारी भइरहेको छ।

युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बताइएको छ। त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुनसक्छ। उनको भ्रमणबारे तयारी गर्न केही दिनअघि उत्तर कोरियाली टोलीले रुसको भ्रमण गरेको थियो। उत्तर कोरियाली शासक उन बिरलै विदेश भ्रमण गर्छन्। विदेश भ्रमणमा जाँदा उनी रेलमा यात्रा गर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर