लोसपाको विस्तारित बैठक बर्दिवासमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशको विस्तारित बैठक बर्दिबासमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, मधेसका मुद्दा पार्टीको भावी रणनीतिलाई पहिलो एजेण्डाको रुपमा प्रस्तुत गरिएको छ । सङ्गठन निर्माणको कार्यनीति, पार्टी एवं सराकारबीच सम्बन्ध र पार्टी सञ्चालनका लागि अर्थनीति र केन्द्रीय सर्कुलर अनुसारको लेबी सम्बन्धमा सोमबारदेखि छलफल भइरहेको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए ।

बैठकको उद्घाटन सत्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विस्तारित बैठकको महत्त्व र औचित्यका सम्बन्धमा धारणा व्यक्त गरेका थिए । उनले अनेकन कठिनाइको सामना गर्दै अघि बढेको लोसपाले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि पहिचान र सम्मानको चिरागलाई निभ्न नदिएको उल्लेख गरे ।
बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको औचित्य र आवश्यकता अझै समाप्त नभएको बताउँदै मधेस आन्दोलन र ७ बुँदे सम्झौताको स्मरण गगरिएको र ती माग अझै पूरा नभएकोले अधिकारको लडाइँबाट लोसपा पछि नहटेको स्पष्ट पारे ।
संसदमा पेस भएको राजनीतिक मुद्दा फिर्ता लिने विधेयकको लोसपा समर्थनमा रहेको जनाउँदै अध्यक्ष ठाकुरले पहिचान र अधिकारको आन्दोलनमा होमिएका जनतामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने धारणा व्यक्त गरे ।

लोसपाका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालको राजनीतिमा नैराश्य बढेको चर्चा गर्दै उनले कहीँ कतै केही नभएको जस्तो भाष्य खडा गरेर जनतामा ‘फ्रस्टेसन’ बढाइएकोले यसको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर