कोशी सरकारबारे आजदेखि पूर्ण सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारको बारेमा आज मंगलबारदेखि पूर्ण इजालासमा सुनवाइ हुँदैछ। हिजो सोमबार समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतको बारेमा सुनवाइ हुन लागेको हो।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमाथि गत शुक्रबार नै सुनुवाइ गर्ने गरी यसअघि नै पेश तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै आइतबारका लागि सुनवाइ तोकिएको थियो।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ। कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता थापाले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर