एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

काठमाडौं । केलियन एमबाप्पेको दुई गोलको सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित निकालेको छ । आईतबार राति पीएसजीले पुछारको लियोनमाथि ४–१ को जित दर्ता गरेको हो ।

पीएसजीले पहिलो हाफमै चार गोल गरेको थियो । खेलको सुरुआतमै एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

हाकिमीले २० औं मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए । एसेन्सियोले ३८ औं मिनेटमा पीएसजीका लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४–० ले अघि बढाएका थिए।

दोस्रो हाफको ७४ औं मिनेटमा घरेलु टोली लियोनका कोरेन्टिन टोलिसोले पेनाल्टीमा एक गोल फर्काएका थिए ।

दोस्रो स्थानमा रहेको पीएसजी यस सिजन पराजित भएको छैन । उनले ४ खेलबाट ८ अंक जोडेको छ । लियोन मात्र एक अंक सहित तालिकाको पुछारमा छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर