घरेलु मैदानमा आर्सनलले युनाईटेडलाई ३–१ गोल अन्तरले हरायो

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । आईतबार राति घरेलु मैदानमा आर्सनलले युनाईटेडलाई ३–१ गोल अन्तरले हराएको हो ।

खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको गोलबाट युनाईटेडले सुरुआती अग्रता लिएको थियो । लगत्तै कप्तान मार्टिन ओडेगार्डको गोलमा आर्सनल खेलमा फर्किएको थियो । दोस्रो हाफको इन्जुरी समयमा दुई गोल थप्दै आर्सनलले शानदार जित आत्मसाथ गर्यो ।

इन्जुरी समयको छैटौं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई २–१ को अवस्थामा ल्याएका थिए । इन्जुरी समयको ११ औं मिनेटमा ग्याब्रियल जिससले आर्सनललाई ३–१ को जित दिलाए ।

पाँचौं स्थानको आर्सनलले ४ खेलबाट १० अंक जोडेको छ । युनाईटेड ६ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।
अर्को खेलमा लिभरपुलले एन्टन भिल्लालाई ३–० गोल अन्तरले हरायो ।

खेलको तेस्रो मिनेटमै डोमिनिक स्लोबोस्जलाईको गोलबाट घरेलु टोली लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

२२ औं मिनेटमा मेटी केसको आत्मघाति गोलबाट लिभरपुलले अग्रता दोब्बर बनायो । ५५ औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुललाई ३–० को शानदार जित दिलाए । तेस्रो स्थानको लिभरपुलले ४ खेलबाट १० अंक जोडेको छ । एस्टन भिल्ला ६ अंक सहित तालिकाको दशौं स्थानमा छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर