बालेनले दिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी

काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्।

उनले सरकारलाई अपशब्द बोल्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी सामाजिक सञ्जालबाट दिएका हुन्।

शनिबार अबेर ९ बजेर ३५ मिनेटमा सामाजिक सञ्जालमा उनले राखेको स्टाटसमा आफ्नो गाडी  सरकारले रोकेको र आगामी दिनमा पनि रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्।

सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस राखेर बालेन यसअघि पनि सामाजिक सञ्जालमा चर्चाका पात्र बन्ने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर