डढेलो नियन्त्रण बाहिर गएपछी आपतकाल घोषणा

काठमाडौं । क्यानडाका विभिन्न जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी आपतकाल घोषणा गरिएको छ ।

पश्चिमी प्रान्त ब्रिटिस कोलम्बिया र उत्तरपश्चिम क्षेत्रका जंगलहरूमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।

अझै ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्रिटिस कोलम्बियाले गएको हिउँददेखि नै खडेरीको सामना गरिरहेको छ । यस्तै, क्यानडाको उत्तरी क्षेत्रमा पनि पानी नपर्दा डढेलोको जोखिम बढेको हो ।

बिगत दुई सातादेखिको खडेरी र उच्च तापक्रमका कारण डढेलो लाग्ने क्रम बढेको हो । एकै दिन देशका २० भन्दा बढी जंगलमा डढेलो लागेको र त्यसबाट लाखौं हेक्टरको जंगल समेत नष्ट भएको जनाइएको छ ।

डढेलो नियन्त्रणका लािग सयौं अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको सामाचारमा उल्लेख छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर