अल नासरको लगातार तेस्रो जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल हाजमलाई पराजित गरेको हो ।

अल नासर ५-१ गोल अन्तरले विजयी भएको थियो । अल नासरको जितमा कप्तान रोनाल्डोले सानदार प्रदर्शन गरेका थिए ।

रोनाल्डोले एक गोल र दुई गोल असिस्ट गरे। त्यस्तै, अल नासरको जितमा साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले समान १-१ गोल गरेका थिए ।

त्यसै गरि अल हाजमका लागि एक सान्त्वना गोल मुहमद बाडामोसीले गरेका थिए ।

यो जितसँगै अल नासरले ५ खेलबाट ९ अंक सहित लिगमा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै, अल हाजमको भने ५ खेलमा २ अंक सहित अंक तालिकामा पुछारमा रहेको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर