कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज हुने भनिएको अन्तिम सुनुवाइ रोकिएको छ ।

पूर्ण सुनुवाइको लागि आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिट तोकिएकोमा खतिवडाले हेर्न नमिल्ने भएपछि सुनुवाई सरेको हो ।

यसअघि प्रारम्भिक सुनुवाइमा पनि खतिवडा रहेकाले आजपूर्ण सुनुवाइमा रहेर उनले उक्त रिट हेर्न नमिल्ने भएपछि आजको सुनुवाई सरेको हो ।

भदौ ६ गते प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भन्दै कारणदेखाउ आदेश जारी गरेका थिए । आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर