बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको छ ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर