रोनाल्डोको सानदार प्रदर्शनमा अल नासरको जित

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन रहेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले सानदार जित निकालेको छ ।

मंगबार राति रोनाल्डो प्रेरित अल नासिरले अल शबाबमाथि ४–० को शानदार जित निकालेको हो ।

खेलको १३ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए । रोनाल्डाले नै ३८ औं मिनेटमा गोल गदैं टोलीको अग्रता दोब्बर गराएका थिए ।

रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए । खेलको ४० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई ३-० को स्थितिमा पुर्याएका थिए ।

रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरेका थिए ।

८० औं मिनेटमा सुल्तानले गोल गर्दै अल नासिरको जित निश्चित गराएका थिए ।

अल नासिर चार खेलको समाप्तिमा १८ टिम सहभागी लिगको छैंटौं स्थानमा छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर