बिमानस्थलमा ड्रोन हमला

काठमाडौं । रुसको उत्तर पश्चिमी शहर पिस्कोभको बिमानस्थलमा ड्रोन हमला भएको छ ।

आक्रमणबाट बिमानस्थलमा भीषण आगलागी हुनुका साथै ४ वटा बिमानमा क्षति पुगेको छ । युक्रेनबाट ६ सय किलोमिटर टाढा इस्टोनियाको सिमा नजिक भएको आक्रमणमा युक्रेनकै हात रहेको आशंका गरिएको छ । तर युक्रेनले घटनाबारे केही प्रतिक्रिया जनाएको छैन ।

उता, रुसी सेनाले कृष्ण सागरमा ४ वटा युक्रेनी पानी जहाज ध्वस्त पारको दाबी गरेको छ ।हरेक जहाजमा कम्तीमा ५० जना युक्रेनी सैनिक रहेको रुसको दाबी छ । यसैगरी रुसको मध्य तथा दक्षिणी क्षेत्रमा ४ वटा युक्रेनी ड्रोन खसालेको दाबी पनि रुसले गरेको छ । पछिल्लो समय युक्रेनले रुसका बिभिन्न शहर केन्द्रित ड्रोन हमलालाई तीब्रता दिएको छ ।

यो हमलापछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो बिमानस्थलमाथिको आकाशमा केही समय उडान निषेध गरेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर