अनेतकतामा एकता नेपाली मात्रको विशिष्टता : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको बताएका छन् ।

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जनावफ दिने क्रममा उनले अनेतकतामा एकता नेपाली मात्रको विशिष्टता भएको बताए ।

सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफमा उनले सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार प्रतिवद्ध रहेको बताए ।

पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगरिने उनको भनाइ छ । उनले आफ्नो पहिचानको कुरा गर्दा अरूको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर