सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको छ तर सफल हुन नसकेको दाबी प्रधानमन्त्री दाहालले गरे । उनले सरकार ढाल्ने कोसिश गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने बताए । उनले अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरे ।

उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरे । उनले माओवादीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे ।

प्रधानमन्त्री दाहालले भारत—नेपाल सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरुले पचाउन नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर