एट्लेटिको मड्रिडको फराकिलो जित दर्ता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित दर्ता गरेको छ ।

मड्रिडले राति भएको खेलमा रायो भालेकानोलाई हराएको हो ।

भालेकानोको घरेलु मैदानमा स्टेडियो डि भालेकासमा एट्लेटिकोले ७-० को सानदार जित दर्ता गरेको हो ।

एट्लेकोलाई जित दिलाउन एल्भारो मोरटाले २ तथा एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले समान १-१ गोल गरेका थिए ।

जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ । भालाकानो ६ अंक सहित आठौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर