उग्रवादी मिलिसिया समुहले गरेको आक्रमणमा १४ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा उग्रवादी मिलिसिया समुहले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।

कंगोको गोबु गाउँमा प्रवेश गरेका हतियारधारी समुहले गाउँलेहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जना सर्वसाधारण, चार हमलाकार र एक सैनिकको मृत्यु भएको हो ।

मिलिसियाको आक्रमण लगत्तै पुगेका कंगोका सेना र मिलिसियाबीच दोहोरो गोली हानाहान भएको बुझिएको छ । घटनामा दुई सैनिक र दुइ सर्वसाधारण गरी चारजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।

गाउँलेहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्र्नेहरु फरार भएका छन् । घटनाका बेला गाउँलेहरुले भागाभाग गरेका थिए । हाल सो गाउँ वरपरको सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर