इन्टरको लगातार दोस्रो जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार राति भएको खेलमा इन्टर मिलानले काग्लीअरीलाई पराजित गरेको हो ।

काग्लीअरीको घरेलु मैदानमा इन्टरले २-० को जित दर्ता गरेको हो ।

इन्टरको जितमा डेन्जल डम्फेस र लाउटारो मार्टिनेजले समान १र१ गोल गरेका थिए ।

२१ औं मिनेटमा डम्फेसले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

सोही अग्रता कायम राख्दै इन्टरले जित निकाल्न सफल भयो ।

जितसँगै इन्टर २ खेलमा अपराजित रहंदै ६ अंकमा रहेको छ । इन्टर तेस्रो स्थानमा रहेको छ ।

लिगको पहिलो स्थानमा ६ अंकका साथ एसी मिलान रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर