पत्रकार राजेश्वर नेपालीको निधन

काठमाडौं । वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको हिजो सोमबार बेलुका जनकपुरमा रहेको म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए । उनी झन्डै १४ महिनादेखि बिरामी थिए । जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो ।

नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेका थिए । यस्तै, उनले विसं २०१५ सालमा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गरेका थिए । उनी लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर