पोखरामा भुटानको ड्रुक एअरको सीधा चार्टड उडान

काठमाडौं । भुटानको ड्रुक एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९) सीधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एअरले उडान गर्ने भएको हो । यो उडान चार्टर उडान हुने उनले बताए ।

उनले भने, “भुटानको ड्रुक एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सीधै उडान गर्नेछ । यो उडान चार्टर्ड उडान हुनेछ ।” ड्रक एअरको विमान पोखराबाट सीधा पाराको लागि नै उड्नेछ । पोखरामा ड्रुक एअरको विमान आउनु सुखद रहेका निरौलाले बताए । उहाँले भन्नुभयो, “पोखरामा ड्रक एयरको विमान आउनु सुखद कुरा हो । बिस्तारै अन्तर्राष्ट्रिय विमानहरू थपिँदै जानेछन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर