नेप्सेमा २०.५४ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.५४ अंकले घटेर एक हजार ९ सय ९३ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।   त्यस्तै, आज एक अर्ब २६ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७७१.२० रुपैयाँ पुगेको छ । यसका साथै आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ६ प्रतिशतले बढेको छ ।

आज मकर जितुमाया शुरी हाइड्रोपावर कम्पनी लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर