कोशीमा सघाउने सर्तमा राप्रपालाई संसदीय विकास समिति

काठमाडौं । माओवादी केन्द्रले सभापति पाउने भनिएको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको सभापति अब राप्रपाले पाउने भएको छ। सो समितिको सभापतिमा माओवादीका तर्फबाट माधव सापकोटाले पाउने भनेर आन्तरिक टुंगो लागेको थियो। तर अब राप्रपाले पाउने भएको सापकोटाले बताए।

‘विकास समितिको सभापति अब राप्रपाले पाउने भएको छ,’ उनले भने, ‘राप्रपाबाट दीपक सिंह सभापति बन्नुहुन्छ।’ सापकोटाका अनुसार कोशी प्रदेशको समस्या समाधानमा राप्रपाले सघाउने र राप्रपाले विकास समितिको सभापति पाउने समझदारी भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर