नेविसंघको प्रधानमन्त्री निवासअगाडि प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको  निवास बालुवाटार घेराउ गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा आइतबार बिहान बालुवाटार घेराउ गरिएको हो ।

सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने बताएको छ । शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईँ पाँच दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर