नेपाल एक अर्ब जनसंख्याका लागि पानीको स्रोत : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् ।

विश्व वातावरण कोषको ७ औँ बैठकमा अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसङ्ख्याको लागि पानीको स्रोत नेपाल रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराए ।

उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातिहरूको संरक्षण गरेको र सोको नतिजा स्वरूप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताए । साथै उनले यस्ता वन तथा वन्यजन्तु सम्पदा नेपालको लागि मात्रै नभएर विश्व मानव समुदायकै साझा सम्पदाको रूपमा रहेको उल्लेख गरे । नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले विश्वको १० औँ उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरूमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर