एमबाप्पे चम्किदा पीएसजीको जित

काठमाडौं । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित निकालेको छ ।

शनिबार एमबाप्पेले दुई गोल गरेको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोल अन्तरले हराएको हो । पीएसजीले लिग वानमा पहिलो जित दर्ता गरेको हो ।

क्लबसँग उत्पन्न चर्को मतभेदका कारण एमबाप्पे यसअघि टिम बाहिर रहेका थिए र उनले लिगको पहिलो खेलमा मैदान उत्रन पाएका थिएनन् ।

मार्केस एसेन्सियोले पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि एमबाप्पेले ५२ औं र ९० औं मिनेटमा लगातार दुई गोल गर्दै पीएसजीलाई ३–० को अवस्थामा पुर्याएका थिए ।

खेल सकिन अन्तिम समयमा लेन्सका लागि मार्गान गुइलावोगुईले एक गोल फर्काएका थिए ।

लगातार दुई खेलमा बराबरीको नतिजा निकालेको पीएसजीले शनिबारको खेलमा जित निकाल्न सफल भएको छ ।
पीएसजीको ३ खेलबाट ५ अंक भएको छ । लेन्सको १ अंक छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर