एसी मिलान लगातार दोस्रो जितसँगै शीर्ष स्थानमा

काठमाडौं । एसी मिलानले इटालियन सिरी ए मा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति दोस्रो चरणमा टोरिनोलाई ४–१ ले हराउँदै टोली शीर्षस्थानमा यथावत रहेको हो ।

घरेलु मैदान सान सिरोमा मिलानलाई जित दिलाउन क्रिष्टियन पुलिसिकले पहिलो गोल गरे ।

३३ औं मिनेटमा उनले रुवेनको पास सदुपयोग गरेका हुन् ।

तीन मिनेटपछि नै टोरिनोले बराबरी गोल फर्कायो । पर स्चर्सले गोल गर्दै खेल १–१ मा पुर्याएका थिए ।

आफैलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै ओलिभियर जिराउडले अग्रता २–१ को बनाए ।

थियो होर्नान्डेजले इन्जुरी समयमा गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ३–१ को अग्रता बनाएका थिए ।

६५औं मिनेटमा राफेल लिओलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै जिराउडले टोलीलाई सहज जित दिलाएका हुन् । मिलानले पहिलो खेलमा बोलोग्नालाई २–० ले हराएको थियो ।

राति नै भएको खेलमा रोमा १० खेलाडीमा सिमित भेरोनासँग २–१ र  इम्पोली मोन्जासँग २–१ ले पराजित भएका छन् । रोमाको दुई खेलबाट जम्मा एक अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर