आरजु राणा पनि सभापतिको उम्मेदवार

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले विभिन्न संसदीय समितिका सभापतिको उम्मेदवारको टुंगो लगाएको छ । समिति सभापतिको लागि मनोनयन हुने भन्दै पार्टीका तर्फबाट चार उम्मेदवारको टुंगो लगाएको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् । सांसद एव सभापति शेरबहादुर देउवा पत्नी आरजुको पनि समितिमा सभापतिको उम्मेदवार बन्ने भएकी छिन् ।

उनका अनुसार कांग्रेसबाट जीवन परियार, आरजु राणा, रामहरि खतिवडा र सन्तोष चालिसेको नाम टुंगो लागेको हो । ‘संसदीय समितिको सभापतिका लागि आजै १२ बजे मनोनयन छ । हाम्रो तर्फबाट समितिको सभापतिको लागि चार उम्मेदवारको टुंगो लागेको छ,’ थिङले भनिन्, ‘हाम्रो तर्फबाट जीवन परियार, आरजु राणा, रामहरि खतिवडा र सन्तोष चालिसेको नाम टुंगो लागेको छ ।’

तर कुन समितिको को उम्मेदवार बन्ने भन्ने अझै टुंगो नभएको जानकारी उनले बताइन् । अहिलेसम्मको तयारी अनुसार संसदीय सुनुवाइमा जीवन परियार, राज्य व्यवस्थामा रामहरि खतिवडा, कृषिमा आरजु र अर्थमा सन्तोष चालिसे उम्मेदवार बन्ने तयारी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर