पाकिस्तानको क्लिनस्वीप

काठमाडौं ।  अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले  क्लिनस्वीप गरेको छ । गएराति भएको तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो ।

पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन् । जितका लागि २ सय ६९ रनको लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ बलमा २ सय ९ रनमा अलआउट भयो । उसका मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

पाकिस्तानका शादब खानले ३ विकेट लिए । शाहिन शाह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान बाबर आजमले ६० रन जोडे । अफगानिस्तानका फरिद अहमद र गुलबदिन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजलहक फारुकीले समान एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर