ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्टह्याम प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौं ।  वेस्टह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्टह्यामले ब्राइटनलाई ३–१ गोलले हरायो । जितसँगै वेस्टह्यामको ३ खेलमा ७ अङ्क भएको छ । समान ७ अङ्क नै रहेको टोटनह्याम दोस्रो र आर्सनल तेस्रो स्थानमा रहेका छन् ।

हिजो भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई २–० गोलले तथा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हरायो । ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एक/एक तथा आर्सनल र फुलह्यामले २/२ गोलको बराबरी खेले । अर्को खेलमा एभर्टन उल्भ्ससँग १–० गोलले पराजित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर