किस काण्डले अध्यक्ष पद चट्

काठमाडौं । ‘किस काण्ड’का कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेसलाई पदबाट निलम्बन गरेको छ। फिफाको अनुशासन समितिका अध्यक्ष जर्ज इभान पालासियो (कोलम्बिया) ले फिफा कानुनको धारा ५१ अन्तर्गत दिइएको अधिकार प्रयोग गरी रुबियालेसलाई निलम्बन गरेका हुन्।

रुबियालेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट अस्थायी रूपमा निलम्बन गरिएको हो। उनलाई ९० दिनका लागि निलम्बन गरिएको बीबीसीले उल्लेख गरेको छ। स्पेनिस टोलीले पहिलो पटक महिला फुटबल विश्वकप २०२३ को उपाधि जितेर इतिहास रच्यो। तर त्यसयता यही विवादका कारण स्पेन फुटबल निरन्तर चर्चामा छ।

महिला विश्वकप २०२३ मा स्पेनको जितपछि स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेसले विजेता टोलीकी खेलाडी जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना मात्रै भएन, उनको राजीनामा माग पनि भइरहेको थियो। यसैबीच, स्पेनको रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ) ले भने ‘यति ठूलो जितपछि अध्यक्षले प्रकट गरेको स्नेह (चुम्बन) स्वाभाविक अभिव्यक्ति भएको’ दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर