निषेधाज्ञा हटेसँगै धरानमा जनजीवन सामान्य

काठमाडौं । सुनसरीको धरानमा आज आइतबार बिहानदेखि निषेधाज्ञा हटेको छ। स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा व्यापारिकलगायत अन्य चहलपहल सुरु भएको छ। साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको कारण शनिबार दिनभर धरान सुनसान बनेको थियो। जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै शनिबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। निषेधाज्ञाको अवधिमा कुनैपनि अप्रिय घटना नभएपछि स्थानीय प्रशासनले धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, धरानका मेयर हर्क सामपाङ र राष्ट्रिय मानवअधिकार आयोगले धरानमा साम्प्रदायिक सद्भाव कायम राख्न अपिल आग्रह गरेका थिए । त्यसैगरी धरानमा सामाजिक एकता कायम राख्न विभिन्न राजनीतिक दल, धरानका पूर्व मेयरसहित विभिन्न संघसंस्था र नागरिक समाजले पनि अपिल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर