विवादास्पद मेयर हर्क साम्पाङको स्पष्टोक्ति : “म हिन्दु धर्मविरोधी हुँदै होइन”

काठमाडौं । धरान उपमहानगरमा धार्मिक तथा सामाजिक विवादले उग्र रूप लिन थालेपछि त्यहाँका मेयर हर्क साम्पाङले आफू हिन्दु धर्मको विरोधी हुँदै नभएको दाबी गरेका छन्। मेयर साम्पाङले आफूलाई सबै धर्मको सम्मान गर्ने प्रकृति पुजक भएको बताएका छन्।

‘हिजोसम्म मलाई नेपालकाहरुले मात्रै चिन्दथे! आज पूरै दक्षिण एसियाले चिन्ने गरी ‘हर्क साम्पाङ मुर्दावाद’ भनेको देखेँ सुनेँ। खुसीले गदगद बनेँ म,’ सामाजिक सञ्जालमार्फत साम्पाङले भनेका छन्, ‘कम्सेकम मेरो नाम सम्म त सबैले लिए। वास्तवमा म हिन्दु धर्मको विरोधी हुँदै होइन, सबै धर्मलाई सम्मान गर्ने प्रकृति पुजक हुँ म! एक दिन हर्क साम्पाङ जिन्दावादको नारा पनि लाग्नेछ। म ढुक्क छु।’

यसअघि उनले सबै पक्ष तथा समुदायलाई ‘सयौँ थुंगा फूलका हामी, एउटै माला नेपाली’ को भाव आत्मसात् गर्न अनुरोध गरेका थिए। धार्मिक र जातीय विवाद बढेपछि शुक्रबार राति १२ बजेबाट धरानमा निषेधाज्ञा लगाइएको छ। सम्भावित घटना हुन नदिन सयौंको संख्यामा प्रहरी समेत परिचालन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर