प्रचण्डलाई ढोक्सा थापेर ल्याइएको हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेको गठबन्धनबाट आफूले ढोक्सा थापेर ल्याएको बताएका छन्।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको शनिबार आयोजित स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीसँग काम गर्न नसक्ने गुनासो गरेपछि आफूले ढोक्सा थापेर एमालेबाट फुत्काएको बताए।

‘प्रचण्डजीले मलाई फोन गरेर ‘यो गठबन्धनमा जान सक्दिनँ, केपी ओलीसँग काम गर्न सक्दिनँ, उनले मलाई हेप्न थाले। म प्रधानमन्त्रीलाई उनले पो आदेश दिन्छन्। म निसासिएँ मलाई निकाल्नुस्’ भन्नुभयो। उहाँले कांग्रेससँग कुरा गर्नुस् भन्नुभयो,’ नेपालले भने, ‘म गएँ। देउवाजीलाई गएर फकाएँ। उहाँलाई मैले सम्झाएँ। सरकारलाई समर्थन गरौं प्रतिपक्षमा बस्नुस् भनेंपछि उहाँ पनि तयार हुनुभयो।’

अध्यक्ष नेपालले संसदमा एमालेले आरोप लगाए जसरी ढोक्सामा थापेर प्रचण्डलाई पार्न खोजेको स्वीकार गरे। ‘कांग्रेसले विश्वासको मत दिने भएपछि संसदमा ढोक्साको कुरा आयो। हो हामीले ढोक्सा थापेर प्रचण्डजीलाई पार्न खोजेकै हो। ढोक्सा थापेको थाहा पाउनेले मलाई बोलाएर वामपन्थीहरू मिलेर जाऔं भनेको भए हुँदैन थियोरु हाम्रो नामै सुन्न नचाहने। बल्ल राष्ट्रपतिको निर्वाचनका बेला भेट्न बोलाए तर पनि प्रस्ताव गरेनन्,’ उनले भने।
अध्यक्ष नेपालले ओलीले संसदको सर्वदलीय बैठकमा आ्नो पार्टीलाई निषेध गरेको बताउँदै अब नेकपा एसले पनि एमालेप्रति औंला बांगो पार्ने टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर