प्रिगोझिनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं । रुसमा नीजि सैन्य समूह वागनर प्रमुख येब्गेनी प्रिगोझिनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स र सबै १० यात्रुको शव भेटिएको रुसी अधिकारीहरुले जनाएका छन् । रूसी अन्वेषकहरूले बुधबार मस्कोको उत्तरपश्चिममा भएको दुर्घटनाको घटनास्थलबाट १० वटा शव र उडान रेकर्डरहरू बरामद गरेका हुन् ।

अब उक्त शवहरुको डिएनए परिक्षण गरेपछि मात्रै मृतकको औपचारिक रुपमा सनाखत हुनेछ । वागनर समूहका प्रमुख प्रिगोझिन सवार उक्त विमान मस्कोको उत्तरपश्चिम भागको तभेर क्षेत्रमा दुर्घटनग्रस्त भएको थियो ।

रुसी सरकारले प्रिगोझनिको हत्या गरेको आरोप केही पश्चिमा देशहरुले लगाईरहँदा रुसले भने ति आरोपहरुलाई पूर्णतया झुटो र निराधार भएको बताएको छ । दुई महिनाअघि रुसमा राष्ट्रपति पुटिनविरुद्ध छोटो तर चकित पार्ने विद्रोह गर्ने प्रिगोजिनले अफ्रिका र सिरियामा पनि भाडाका सैनिकहरु खटाएका थिए ।

यक्रेनविरुद्ध जारी युद्धमा पनि प्रिगिझिनकै लडाकुहरु अग्रपंक्ति लडेका थिए । युरोपको केही मिडियाले प्रिगाझिन सवार विमान जमिनमा झर्नुअघि आकाशमै विस्फोट भएको दावी गरिरहेका छन् । तर, रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले उक्त दाबीलाई अस्वीकार गरेका छन् । -एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर